प्रस, वीरगंज, २७ जेठ/
वीरगंज महानगरपालिकाका जनप्रतिनिधिमाथि २ करोड रुपैयाँभन्दा बढीको बेरुजू निस्किएको छ। निर्वाचित भएपछि तलब घोषित भएपनि राजपत्रमा प्रकाशित नभएको अवस्थामा जनप्रतिनिधिहरूले सोबापत बुझेका रकमलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू घोषित गरेको हो।
वीरगंज महानगरपालिकाका लेखापाल रूपनारायण कुर्मीले जनप्रतिनिधिहरूले तलबबापत सो बखत लिएको रकमलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू घोषित गरेको बताए। नगरप्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्कीलगायत वडाध्यक्ष, पालिका सदस्य र वडा सदस्यहरूमाथि बेरुजू देखिएको हो। बेरुजु फछ्र्योटका लागि महानगरको लेखा शाखाले सबै जनप्रतिनिधिको नाममा पत्राचार गरेको लेखापाल कुर्मीले बताए।