प्रस, परवानीपुर, २६ जेठ/

राजस्व अनुसन्धान विभागले राजस्व छलीविरुद्ध वीरगंजका व्यापारीसहित पाँचवटा फर्मविरुद्ध मुद्दा दायर गरेको छ। विभागले वीरगंज महानगरपालिका वडा नं १९ को भुसा सप्लायर्सका सञ्चालक दीपेन्द्रप्रसाद कलवारसहित चारजनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

१ करोड २२ लाख रुपैयाँँ बिगो जफत र असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरी मुद्दा दिइएको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको छ। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा ट्रकचालक सुनीलकुमार यादव, तिरुपति खाद्य तथा भुसा सप्लायर्सका सञ्चालक दीपेन्द्रप्रसाद कलवार, भन्सार एजेन्ट नं १२५ का राममणि खनाल तथा वीरगंज भन्सार प्रतिनिधि अशोककुमार श्रेष्ठले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

यस्तै, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमैं रौतहटको वृन्दावन नगरपालिका वडा नं ६ निवासी अमनकुमार तिवारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४० लाख रुपैयाँँ बिगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here