प्रस, सिम्रौनगढ, २४ जेठ/

सिम्रौनगढ बजारको मुख्य चोकमा सोमवार प्रहरी र तस्करबीच झडप भएको छ।

 खुला सीमाबाट भन्सार छली भित्र्याइएका दुई पोका कपडा प्रहरीले नियन्त्रणमा लिने क्रममा तस्करसँग झडप भएको स्थानीयले बताएका छन्। गस्तीमा रहेको इप्रका सिम्रौनगढको टोलीले तस्करबाट दुई पोका कपडा नियन्त्रणमा लिन खोजेको र तस्करहरूले प्रहरीसँग जबरजस्ती सो सामान खोस्ने क्रममा दुवैबीच झडप भएको स्थानीयले बताए। तस्करहरूले सो क्रममा प्रहरीसँग दुव्र्यवहार गर्न खोजेका थिए। उनीहरूले प्रहरीले नै तस्करीको लाइन दिएको कारण आफूहरूले तस्करी गरेको भन्दै कपडा खोस्ने प्रयास गरेका थिए।

प्रहरी र तस्करबीचको झगडालाई स्थानीयले साम्य पारेका थिए।

इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक दीपक सुवेदीले प्रहरीसँग दुव्र्यवहार गर्ने तीनजना तस्करको खोजी भइरहेको

बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here