प्रस, धनुषा, २४ जेठ/

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमवार पाँचौंपटक निषेधाज्ञाको समयावधि थप गरेको छ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौंपटक निषेधाज्ञा थपिएको जानकारी दिए।

यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले थप गरेको निषेधाज्ञा आज राति १२ बजे सकिंदै छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड—१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा सामान्य सुधार देखिएको बताएको छ। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने प्रजिअ बाँस्तोलाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here