प्रस, वीरगंज, २३ जेठ/

प्रेस काउन्सिल नेपालको आयोजनामा आइतवार प्रदेश नं २ स्तरीय आचारसंहिताबारे भर्चुअल बैठक सम्पन्न भएको छ।

कोरोना सङ्क्रमण र निषेधाज्ञा अवधिमा आचारसंहिता उल्लङ्घनबारे प्रदेश नं २ मा रहेको नेपाल पत्रकार महासङ्घका आठवटै शाखा अध्यक्ष्F, प्रदेश कमिटीका पदाधिकारी, सदस्य, नेपाल पत्रकार महासङ्घ केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, अगुवा पत्रकार तथा महिला पत्रकारसमेतको सहभागिता रहेको भर्चुअल बैठकमा सहभागीहरूले कोरोना सङ्क्रमणको बेलामा पत्रपत्रिका, अनलाइन, एफएम रेडियो, टेलिभिजनहरूको अवस्था निकै दयनीय भएको र त्यहाँ कार्यरत सञ्चारकर्मीहरू बेरोजगार भइरहेका तथा कार्यरत सञ्चारकर्मी पनि आर्थिकरूपमा समस्याग्रस्त रहेको बताएका थिए।

उनीहरूले कोरोना सङ्क्रमणको अवस्थामा पत्रकारहरूलाई रोजगारबाट वञ्चित गराउने, कार्यरत पत्रकारलाई  तलब नदिनेजस्ता प्रवृत्ति बढिरहेको भन्दै यसबारेमा सम्बन्धित सबैले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका थिए। सहभागीहरूले अहिलेको अवस्थामा सिर्जित समस्याको समाधान काउन्सिलले मात्र गर्न नसक्ने भन्दै तीनवटै तहका सरकार गम्भीर हुनुपर्ने र पत्रकारलाई राहत प्याकेज दिनुपर्ने सुझाव दिए।

अहिलेको अवस्थामा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कोट्याउनुभन्दा पत्रकारहरूको अवस्थाबारेमा बुझ्न आवश्यक भएको बैठकमा सहभागीहरूको तर्क थियो। पत्रकारहरू पनि चिकित्सक, सुरक्षाकर्मीजस्तै अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलन गर्दै आएको हुँदा उनीहरूलाई पनि राज्यले अग्रपङ्क्तिमा बसेर काम गरेसरह राहत उपलब्ध गराउनुपर्ने माग गरिएको थियो।

महिला पत्रकारहरूको अवस्था झनै जर्जर भएको भन्दै उनीहरूको सही तथ्याङ्क सङ्कलन गरेर अहिलेको अवस्थामा सक्दो सहयोग गर्नेतर्फ संवेदनशील हुनुपर्ने सुझाव दिइएको थियो।

बैठकमा प्रेस काउन्सिल नेपालका कार्यालय प्रमुख झविन्द्र भुसालले निषेधाज्ञा, लकडाउनमा प्रेसले भोग्नुपरेको समस्याबारे अवगत भएको बताउँदै उनले यो अवधिमा प्रकाशन बन्द भएपनि वर्गीकरणमा कुनै समस्या नहुने बताए। उनले निषेधाज्ञा, लकडाउन अवधिमा प्रकाशन बन्द भएकाहरूको गणना गरेर सोही अनुसारको वर्गीकरण गरिने बताए। उनले कोरोना सङ्क्रमणको बेलामा समाचार सङ्कलन, प्रकाशन, वितरणको समस्याबारे काउन्सिल अनभिज्ञ नभएको बताए।

प्रमुख भुसालले अहिलेको अवस्थामा सङ्क्रमित पत्रकारहरूलाई धेरै राहत उपलब्ध गराउन नसके पनि काउन्सिलले औषधिमूलोसम्मको व्यवस्थापन गर्न सक्ने र त्यसको लागि सम्बन्धित शाखाको सिफारिशमा आवश्यक कागजातहरूसहित काउन्सिलमा निवेदन दिनुपर्ने बताए।

भर्चुअल बैठक प्रेस काउन्सिलका सदस्य लालबाबू शेखको अध्यक्षतामा तथा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको थियो। महासङ्घका प्रदेश महासचिव श्याम बन्जाराले सहजीकरण गरेको बैठकमा केन्द्रीय सदस्य केसी लामिछाने, ललिता साह, प्रदेश अध्यक्ष्F राजेश कर्ण, उपाध्यक्ष रामानन्द गुप्ता, शाखा अध्यक्षहरू प्रेमचन्द्र झा रौतहट, टङ्क क्षत्री सर्लाही, श्रवण देव सप्तरी, पत्रकारहरू शत्रुघ्न नेपाल, महेश दास, अच्युत पौडेल, विश्वनाथ ठाकुर, कृष्णप्रसाद थपलिया, लक्ष्मी खरेल, कविता खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here