प्रस, वीरगंज, २१ जेठ/
मानव बेचबिखनको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर सैफी र उनको पत्नी तनहुँ, दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्ष्Fत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। उनीहरूले गोरखा घर भएका २० र २२ वर्षीया दुईजना महिलालाई भारत बिक्री गर्न लैजाने क्रममा वीरगंज–१६ इनर्वाबाट बिहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिने म्याद थमाइ अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ।