प्रस, ठोरी, २१ जेठ/

ठोरी गाउँपालिका–३ मा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।

शुक्रवार बिहान धानको ब्याडमा पानी लगाउन गाउँँ नजीकैको सामुदायिक वनमा गएका ब्रह्मानगरका ४७ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो।

बिहान ६ः३० बजे ब्रह्मानगरबाट करीब २०/२५ मिनेटको पैदल दूरीमा पर्ने बेदघारी सामुदायिक वनभित्र रहेको सिंचाइ कुलोको मुहान गाउँतर्फ फर्काउन  एक्लै गएका घिमिरेलाई अकस्मात् दुईवटा भालुले आक्रमण गरेको थियो। कुलोको मुहान नजीकै रहेका भालुले आक्रमण गर्दा घिमिरेको टाउको, कोख र  तिघ्रामा गम्भीर चोट लागेको छ।

उनलाई विजयबस्तीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि वीरगंजको भवानी अस्पतालमा लगिएको छ।

गत वैशाख २९ गते ठोरी गापा–३, रामनगरका एक दम्पती भालुको आक्रमणमा परेर घाइते भएका थिए भने त्यसको २ दिनपछि ठोरी गापा–४, ठाडोलाइनका ७१ वर्षीय वृद्धालाई भालुले आक्रमण गरेर घाइते बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here