ठोरी जानेले क्वारेन्टाइनमा बस्नुपर्ने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

माधव तिमल्सिना, ठोरी, ८ भदौ/
    ठोरी गाउँपालिकाले गापाबाहिरबाट आएकाहरूलाई अनिवार्य क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नुपर्ने र पिसिआर परीक्षण गराउनुपर्ने निर्णय गरेको छ।
    ठोरी गापाको कार्यालय घ्याङडाँडामा आइतवार सम्पन्न बैठकले यसअघि भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नुपर्ने र पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान रहेकोमा अब उप्रान्त ठोरीबाहिरबाट प्रवेश गर्नेहरूलाईसमेत क्वारेन्टाइनमा राखेर पिसिआर परीक्ष्Fण गरिने निर्णय गरेको छ।
    यसैगरी, बैठकले गापाका सबै होटल, खाजा, चिया पसल पूर्णरूपमा बन्द गर्ने र खाद्यान्नलगायत अत्यावश्यक पसलहरू बिहान सातदेखि नौ बजेसम्म र साँझ पाँचदेखि सात बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ। सङ्क्रमणबाट जोगिन तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी खाद्यान्न पसलहरू सञ्चालन गर्नुपर्ने निर्णय पनि गरेको छ।
    ठोरी गाउँपालिकामा अहिलेसम्म पाँचजनामा मात्र सङ्क्रमण पुष्टि भएको छ। भारतसँगको खुला सीमा टाँसिएको र ठोरीका मानिसहरू अत्यधिक मात्रामा वैदेशिक रोजगारको सिलसिलामा बाहिरिएका हुँदा भारतलगायतबाट ठोरी प्रवेश गर्नेहरूबाट सङ्क्रमण फैलिने सम्भावनालाई दृष्टिगत गरेर सशस्त्र र नेपाल प्रहरीलाई सीमा सुरक्षामा कडाइ गर्न ठोरी गापाले समन्वय गरिरहेको छ।
    यसैगरी, बैठकले सामुदायिक विद्यालयका शिक्षकहरूलाई गापामा सङ्क्रमणविरुद्ध सचेतना फैलाउन परिचालन गरिने निर्णय गरेको छ। त्यसैगरी, गापामा गरिने सबैखाले भोजभतेर निषेध गरिएको र मानिसहरूको भीडभाड हुने खेलकूद, मेला, जात्रा, मनोरञ्जन सबैमा निषेध गरिएको छ। बैठकले कोरोनाविरुद्ध अभियानमा गापाले चालेको कदमलाई सहयोग गर्न ठोरीवासीसँग आग्रह गरेको छ।  

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।