प्रस, रौतहट, १९ जेठ/

जिल्ला प्रशासन कार्यालय, रौतहटले जेठ २६ गते रातिसम्म  निषेधाज्ञा जारी गरेको छ। बुधवार सूचना जारी गरी जेठ  २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना सङ्क्रमणको दर घटेकोले   निषेधाज्ञालाई निरन्तरता दिएको बताए।

सर्लाहीमा २५ गतेसम्म निषेधाज्ञा

प्रस, सर्लाही/

जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जिल्लामा जेठ २५ गतेसम्मको लागि निषेधाज्ञा थप गरेको छ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सोमवार चौथोपटक निषेधाज्ञाको समयावधि थप गरेका हुन्।

जिल्लामा कोरोना सङ्क्रमण बढ्न थालेपछि कोभिड सङ्कट व्यवस्थापन केन्द्रले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको समय थप गर्न सिफारिश गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले निषेधाज्ञा लम्ब्याएको हो। जस अनुसार निषेधाज्ञा जेठ २५ गते राति १२ बजेसम्म पु–याइएको छ। स्थानीय प्रशासनले जारी गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ बमोजिम निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ। निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाई गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक वर्ष कैद वा रु ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here