प्रस, वीरगंज, १९ जेठ/
नेपालमा बुधवार ५ हजार ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कुल ५ हजार ३१६ जना कोरोना सङ्क्रमित थपिएका हुन्।