प्रस, पंचगावाँ, १९ जेठ/

जीराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित ओरिया खोलाबाट बालुवा तस्करी भइरहेको छ।

ठेक्का नलागेको यो खोलाबाट अहिले अवैध उत्खनन भइरहेको स्थानीयले बताए। स्थानीय प्रहरीको मिलेमतोमा सो कार्य भइरहेको बताइएको छ। खोलानजीकै प्रहरी चौकी महादेवपट्टि, सेढवा र सशस्त्र प्रहरी बेस क्याम्प छ तर खोलाबाट बिहान–बेलुका, दिउँसो बालुवाको अवैध उत्खनन गरी ट्याक्टरबाट ढुवानी हुँदा पनि यी कार्यालयले चासो राख्दैनन्। स्थानीयले यसबारेमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रमुखलाई अवगत गराएका भएपनि त्यहाँबाट पनि कुनै पहल नभएको भन्दै गुनासो गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here