प्रस, वीरगंज, १८ जेठ/
शिवशक्ति ग्रुपले वीरगंज महानगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ। कोभिड–१९ सङ्क्रमण फैलिएसँगै पर्सा जिल्लामा निषेधाज्ञा बढ्दै गएको र गरीब, विपन्नहरूलाई खानसमेत समस्या परिरहेको बेला त्यस्ता मानिसहरूलाई राहत उपलब्ध होस् भनेर शिवशक्ति गु्रपले ९ हजार किलो चामल, १ हजार किलो दाल, १ सय लिटर सोयाबिन तेल महानगरलाई हस्तान्तरण गरेको छ। गु्रपका महेशजङ्ग पाण्डेले सो खाद्यान्न वीरगंज महानगरपालिकालाई आज हस्तान्तरण गरेको बताए।