प्रस, पंचगावाँ, १७ जेठ/

निषेधाज्ञा लम्बिएसँगै ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको बिक्री मनपरी ढङ्गले भइरहेको छ।

नेपाल आयल निगमले निर्धारण गरेको मूल्यमा डिलरहरूले पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्नेमा सोविपरीत बढी मूल्य लिएर बिक्री भइरहेको र निगमले सोको अनुगमन गरी कारबाई गर्न सकेको छैन। पर्साका ग्रामीण क्षेत्रमा अहिले पेट्रोल प्रतिलिटर रु १३० देखि १५० सम्ममा बिक्री भइरहेको छ। पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरका जयचन्द्र साहले स्थानीय प्रहरी र पालिका कार्यालयलाई यसबारे जानकारी गराउँदा पनि ध्यान नदिएको आरोप लगाए।

पर्साको सखुवाप्रसौनी गापा–२ श्रीपुर पंचगावाँमा पेट्रोल रु १३० प्रतिलिटरमा बिक्री भइरहेको छ भने पटेर्वासुगौली गापाको रङ्गपुरमा रु १४० प्रतिलिटरमा बिक्री भइरहेको छ। भारतीय सीमासँग जोडिएका सेढवा, पाँडेपुर, भेडिहारीलगायतका स्थानमा भने रु १५० प्रतिलिटरसम्म बिक्री भइरहेको बताइएको छ। भारतमा अहिले पनि नेपालको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढी छ। निषेधाज्ञा अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ। निषेधाज्ञाको कारण पेट्रोलियम पदार्थको खपत कम हुँदा डिलरहरूले  भारततर्फ तस्करी गर्ने मौका पाएका छन्।

डिलरहरूले आयल निगमबाट नियमितरूपमा उठाउने जत्तिकै तेल ल्याउने र भारत पठाउने गरेका छन्। भारत पठाउँदा तस्करहरूबाट बढी रकम पाउने हुँदा डिलरहरूले खुद्रामा बिक्री गर्नुभन्दा तस्करहरूलाई बिक्री गर्दै आएका छन्। सोही कारणले डिलरहरूले अहिले खुद्रामा पेट्रोलियम पदार्थको मूल्य बढी लिने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here