प्रस, वीरगंज, १७ जेठ/

नारायणी अस्पतालमा सोमवार दुईजना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–४ तुलसीबर्वा निवासी ३५ वर्षीय महिलाको आज बिहान ७ बजे मृत्यु भएको बताए। उनले मृतक महिलाको जेठ १४ गते स्वाब सङ्कलन गरिएको र १६ गते सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको बताए।

यसैगरी, बाराको करैयामाई गापा–३ निवासी ६५ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको डा सिंहले बताए। मृतक पुरुष अस्पतालमा जेठ ९ गते भर्ना भएका र ११ गते उनी सङ्क्रमित पुष्टि भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here