प्रस, वीरगंज, १७ जेठ/

मानव अधिकारको लागि एकल महिला समूहको पहलमा विदेशी दाताहरूले सोमवार नारायणी अस्पताल वीरगंजलाई अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

आज एक कार्यक्रमबीच अस्पतालमा समूहकी शाखा अध्यक्ष्F प्रेमकुमारी सिंहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानलाई १५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिन्। सो अवसरमा ४ सय थान सर्जिकल मास्क र सय थान केएन–९५ मास्क मेसु प्रधानलाई हस्तान्तरण गरिएको थियो। अक्सिजन सिलिन्डरसहित आवश्यक उपकरण पनि उपलब्ध गराइएको छ।

सामुदायिक सेवा केन्द्र छपकैयाको सहकार्य र समन्वयमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष ग्यासुद्दीन ठकुराई, सचिव प्रवीणविक्रम शाह, सदस्य अजित भुजेल, अब्दुल कैस र सीता प्रसाईंलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here