प्रस, वीरगंज, १७ जेठ/
वीरगंज महानगरपालिका–५ वडापालिकाको कार्यालयले वडामा घरदैंलो गरेर स्वास्थ्य अवस्था बुझेको छ।
वडाध्यक्ष प्रदीप चौरसियाले हेल्पिङ ह्यान्डको सहयोगमा वडामा पहिलो चरणको घरदैंलो अभियान सोमवार सम्पन्न गरेको बताए। उनले वडामा रहेका ६५० वटा घरधुरीका करीब २५ सय मतदाताको घरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्था बुझेको र आवश्यक सल्लाह दिएको बताए। उनले चारजना स्वास्थ्यकर्मी र वडासदस्य तथा स्थानीयहरूको सहयोगमा घरदैंलो कार्यक्रम गरेको र चिकित्सकीय परामर्श आवश्यक भएकाहरूलाई प्रविधिको सहयोगमा डा नीरज सिंह, डा रोशन अली, डा केके अग्रवाल, डा आनन्द झा, डा जीतेन्द्र आसमानीसँग परामर्श गराएको बताए।
वडाध्यक्ष चौरसियाले आफ्नो वडामा १२ जना सङ्क्रमित रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
घरदैंलो कार्यक्रममा दिनेश अग्रवाल, नारायण अग्रवाल, राकेश मिश्र, रूस्तम अली, स्वास्थ्यकर्मी सन्तोष निषाद, दिनेश तुरहा, राजु तुरहा, विष्णु यादवलगायतले सघाएका थिए।