प्रस, पर्सागढी, १६ जेठ/
यता केही समयदेखि निरन्तर पानी परेको कारण मकैखेती गरेका किसानहरूलाई घाटा भएको छ।
पानी पर्नुअघि उत्पादित मकै प्रतिकिलो रु २५ मा बिक्री हुने गरेकोमा अहिले पानी परेकै कारण व्यापारीहरूले मूल्य घटाएका छन्। अहिले व्यापारीहरूले प्रतिकिलो रु १८ देखि २१ सम्म मकै खरीद गर्दैछन्। व्यापारीहरूले पानी परेको कारण मकैको दानामा सिम आएको र मकैको वजन बढेको भन्दै दाम घटाएका छन्। पर्सागढी नपाको वडा नं ३ को झबराहा, धुलीटार, कटहरिया र वडा नं ४ को बर्वाटाँडी, हरदासपुरमा मकैखेती हुँदै आएको छ। यी ठाउँमा धानखेती कम र मकैबाली बढी हुन्छ। मकै नगदेबाली भएकोले यहाँका किसानहरूले वर्षमा दुईपटक यो बाली लगाउँदै आएका छन्। अर्को नगदेबाली सुर्तीखेती गर्छन्। सुर्तीबाट पनि नगद आउने हुनाले यहाँका किसानहरूको आकर्षण मकै र सुर्ती बालीमा छ।