प्रस, वीरगंज, १६ जेठ/
प्रदेशसभा सदस्य डा अञ्जु यादवले पुनर्जीवन नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।
प्रदेशसभा सदस्य डा यादवले पुनर्जीवन नेपालका कार्यकारी निर्देशक अजितम पाण्डेलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि कोड्रिट १ कार्टुन, कार्टगो १ कार्टुन, क्रुसिउमिन १० डब्बा, फेसशिल्ड, पञ्जा, सर्जिकल मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन्।
डा यादवले यसअघि नारायणी अस्पताललाई स्वास्थ्य उपकरण र रेलवे कटेजलाई पनि खाद्यान्न सामग्री सहयोग गरेकी थिइन्।