प्रस, सप्तरी, १६ जेठ/

कञ्चनरूप नगरपालिका–५ र ४ का एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको छ।

स्टोरिज अफ नेपाल समुदायको सहयोग र दलित सरोकार मञ्च नेपाल, कञ्चनरूप नगरपालिका–८ सप्तरीको समन्वयमा एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको हो।

कञ्चनरूप नगरपालिका–५ पिपरा, रामपुर पथरी र कञ्चनरूप नपा–४ बकालमा मुसहर प्रतिपरिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ३ किलो मुरही, २ किलो प्याज, साबुन, सेनिटरी प्याड र फिनेल वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनील सरवरियाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here