प्रस, निजगढ, १५ जेठ/
मोटरसाइकल दुर्घटनामा पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बारामा कार्यरत २६ वर्षीय रेन्जर दीपककुमार तिवारीको मृत्यु भएको छ ।
कामको सिलसिलामा सिन्धुली जाने क्रममा शनिवार दिउँसो करीब २ः३० बजे आपैंmले चलाएको वाग्मती प्रदेश ०२— ०२० प २७६१ नंको बुलेट मोटरसाइकल दुर्घटना हुँदा रेन्जर तिवारीको घटनास्थलमैं मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ । उनी चढेको मोटरसाइकल सोही दिशाबाट आइरहेको प्रदेश २-०३-०१२ प २५९९ नंको पल्सर मोटरसाइकलमा ठोकिएको थियो र अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा.१०च ८०७५ नम्बरको कार र ना.६ख ६४१२ नम्बरको मालवाहक ट्रकमा ठोक्किन पुग्दा रेन्जर तिवारीको घटनास्थलमैं मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
निषेधाज्ञाको समयमा राजमार्गमा सवारीसाधन न्यून गुड्दा खाली भएको सडकमा दु्रत गतिमा मोटरसाइकल चलाउँदा सो दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक विपिन ओझाले बताए ।
निजगढ भमरा पुलदेखि करीब २ किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शङ्करप्रसाद चौधरीले बताए । अर्को मोटरसाइकल चालक सर्लाही वाग्मती नगरपालिका-१० का ४१ वर्षीय खलकप्रसाद गौतम घाइते भएका छन् । उनको खुट्टा भाँचिएको छ । घाइते गौतमको निजगढ अस्पतालमा उपचार भइरहेको छ ।
मृतक तिवारीको शव शल्यपरीक्षणको लागि जिल्ला अस्पताल कलैया लगिएको बारा प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट प्रहरीले दुईवटा मोटरसाइकल, कार र ट्रकलाई नियन्त्रणमा लिएर इप्रका निजगढमा राखेको छ ।