प्रस, सेढवा, १४ जेठ/
जीराभवानी गाउँपालिका वडा नं २ सेढवाको सुकुमवासी र मुसहरबस्तीका गरीब, विपन्न, दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
आवर संसार संस्थाले खाद्यान्न वितरण गरेको संस्थाका संयोजक मुकेश साहले बताए । उनले ६० जना परिवारलाई प्रतिपरिवार चामल २५ किलो, पीठो ५ किलो, दाल ३ किलो, चना १ किलो, सोयाबिन १ किलो, खानेतेल १ लिटर, नून १ किलो, नुहाउने र लुगाधुने साबुन ५ थान, मास्क १० थान वितरण गरिएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपट्टिका प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक केदार राईसमेत स्थानीय भद्रभलादमीको रोहबरमा खाद्यान्न वितरण गरिएको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए । उनले निषेधाज्ञा अवधि बढेसँगै गरीब, विपन्न, दलित परिवार दैनिक गुजारा गर्न असमर्थ भएकाले थोरै भएपनि सहयोग गरिएको बताए ।