प्रस, वीरगंज, १४ जेठ/
रक्सौलस्थित डङ्कन अस्पतालमा भर्ना रहेका एकजना कोरोना सङ्क्रमितले आत्महत्या गरेका छन् । पलनवा थाना पिपरिया गाउँ निवासी ३५ वर्षीय रामशरण साहले अस्पतालको तीन तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

सङ्क्रमित भएपछि साह आठ दिनदेखि सो अस्पतालको कोभिड कक्षको ४ नं शøयामा भर्ना थिए । बिहीवार साँझ साढे सात बजे उनले अस्पतालको छतबाट फाल हानेर आत्महत्या गरेका हुन् । आत्महत्याको केही क्षणअघि उनका पिता जोगिन्दर साहले उनलाई खाना खुवाएका थिए । खाना खुवाएर पिता फर्केको केही क्षणमैं उनले आत्महत्या गरेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनले अवसादमा आएर आत्महत्या गरेको अनुमान गरिंदैछ । भर्ना भएर उपचार गर्ने क्रममा यता केही दिनदेखि उनले घर जाने हठ लगाएका थिए । प्रहरीले यसबारेमा थप अनुसन्धानबाट वास्तविकता खुल्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here