प्रस, वीरगंज, १४ जेठ/
नेपाल रेडक्रस सोसाइटी प्रदेश २ को कार्यालयले जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र पर्सालाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेलको सभापतित्वमा भएको कार्यक्रममा नेरेसो प्रदेश अध्यक्ष फूलमहमद मियाँले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साका अध्यक्ष पीताम्बर घिमिरेलाई स्वास्थ्य सामग्री सर्जिकल मास्क २० हजार थान, अक्सिजन कन्सेन्टे्रटर ३ सेट, व्यक्तिगत सुरक्षा सुट पिपिई ५० सेट हस्तान्तरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममा रेडक्रस प्रदेश २ का अधिकृत उमेश मिश्र, सुदर्शन श्रेष्ठ, पर्सा रेडक्रसका लेखा अधिकृत वीरशम्शे प्रसाद कुर्मी, राजन श्रीवास्तवलगायतको सहभागिता थियो ।