प्रस, वीरगंज, १४ जेठ/
राष्ट्रिय विद्यार्थी सङ्घ ठाराब क्याम्पसले कोरोना सङ्क्रमण, निषेधाज्ञा अवधिमा त्रिविविको पत्र अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम खुला गरिएकोमा आपत्ति जनाएको छ ।
राविसका क्याम्पस एकाइ अध्यक्ष सगीर अलीले विज्ञप्तिमार्फत ठाराब क्याम्पसमा परीक्षा आवेदनका लागि विभिन्न जिल्लाबाट विद्यार्थीहरू आउनुपर्ने र निषेधाज्ञा भएकोले स्थानीय प्रहरी प्रशासनले अवरोध गर्न सक्ने कुरालाई नजरअन्दाज गरी फाराम भर्ने अवधि निर्धारण गरेकोमा आपत्ति जनाएको हो ।
अध्यक्ष अलीले विद्यार्थीहरूको बक्यौताबारे अन्योलता रहेकोले अनलाइन फाराम भर्न सक्ने अवस्था नभएको क्याम्पस प्रशासनलाई अवगत भएको र बाहिरबाट विद्यार्थीहरू आउन सक्ने वातावरण नभएको तथा स्थानीय विद्यार्थीहरू पनि फाराम भर्नका लागि क्याम्पससम्म आवतजावत गर्दा स्थानीय सुरक्षाकर्मीबाट दुव्र्यवहार हुन सक्ने भन्दै सहज तरीकाबाट फाराम भर्ने वातावरण मिलाउन आग्रह पनि गरिएको छ ।
त्रिविविको जेठ ९ गतेको पत्र अनुसार ठाराब क्याम्पसले यही २० गतेसम्म स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूलाई परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ ।