प्रस, रौतहट, १३ जेठ/

जिल्ला प्रशासन कार्यालय, रौतहटले यास समुद्री चक्रवातबाट जोगिनको लागि रौतहटवासीलाई सचेत गराएको छ।

बिहीवारदेखि शनिवारसम्म जिल्लामा धेरै पानी पर्ने मौसम विभागले जानकारी गराएको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत सोसम्बन्धी सूचना प्राप्त भएकोले पश्चिम बङ्गाल खाडीमा विकसित भएको जलवायुको प्रवाह र शक्तिशाली चक्रवात ‘यास’ समुद्रबाट जमीनमा ठक्कर खाइसकेकोले सोको असर नेपालभित्र पनि प्रवेश गरिसकेको भन्दै सचेत रहन आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद यादवले सूचना जारी गर्दै बाढी, डुबान क्षेत्रमा नजान, नदीखोलामा माछा नमार्न र अन्य कुनै कार्य नगर्न सुझाव दिएका छन्। यसैगरी, विपद्का कुनै घटना भए जिल्ला प्रशासन र प्रहरीमा सूचित गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here