प्रस, वीरगंज, ११ जेठ/

नारायणी अस्पताल वीरगंजमा मङ्गलवार ४१ जना सङ्क्रमित पुष्टि भएका छन्।

अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले १९२ जनाको स्वाब परीक्षण गर्दा ४१ जना सङ्क्रमित पुष्टि भएको बताए। उनले पर्साका २४ जना, बाराका १० जना, सर्लाहीका ४ जना महोत्तरीका २ जना र रौतहटका १ जना गरी ४१ जना सङ्क्रमित भएको बताए।

सङ्क्रमितमध्ये २५ जना पुरुष र १६ जना महिला छन्। उनीहरूको उमेर १४ देखि ८५ वर्षसम्म रहेको र सिटी भ्यालू १७.४ देखि ३४.६ सम्म रहेको डा दासले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here