जिल्ला प्रशासन कार्यालय, पर्साको दृश्य हो। मङ्गलवार बिहान ११ः३० बजे लिएको यो तस्वीरले कार्यालयमा सेवाग्राहीहरूको सङ्ख्या मापन गर्न सकिन्छ। राष्ट्रपतिबाट नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ पारित भएपछि नागरिकताको विषयलाई लिएर विभिन्न अडकलबाजी गरिएको छ। तर जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले निषेधाज्ञा जारी भएकोले विगत एक महीनादेखि एउटा पनि नागरिकता नबनेको बताउँछन्। अत्यावश्यक कामबाहेक सबै सेवा ठप्प रहेको र जिल्लाभरिका कार्यालयको अवस्था सोहीअनुरूप रहेको बताए। उनले जारी नागरिकता अध्यादेश अनुसार जिल्लाबाट नागरिकता वितरण भएको कुरा हल्ला मात्र भएको बताए। उनले जिल्ला र मन्त्रालयको वेबसाइटबाट पनि यस कुराको जानकारी लिन सकिने बताए। अध्यादेश जारी भएपछि सोसम्बन्धी हालसम्म कुनै लिखित निर्देशन नआएको र निषेधाज्ञामा नागरिकता वितरण कार्य सुचारु नभएको सप्रजिअ पौडेलले जानकारी गराएका छन्। तस्वीरः नितेश कर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here