प्रस, वीरगंज, १० जेठ/

वीरगंज महानगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिडको खोप खरीद र प्रयोग गर्न अनुमति माग गरेको छ।

नगरप्रमुख विजयकुमार सरावगीले आज पत्र लेख्दै मन्त्रालयसँग कोभिड सङ्क्रमण बढिरहेको सन्दर्भमा हजारौं मानिस मृत्युशय्यामा पुगेको, लाखौं सङ्क्रमित भएको, अस्पतालका आइसियू, भेन्टिलेटर, आइसोलेशन भरिभराउ भएको र अक्सिजनको आपूर्ति पनि सहज नभएको बेलामा खोप नै सङ्क्रमणबाट जोगिने एकमात्र उपाय भएको हुँदा महानगरपालिकालाई खोप खरीद र प्रयोग गर्न अनुमति दिन माग गरेका छन्। उनले महानगरका १ लाख मानिसलाई खोप लगाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। नगरप्रमुख सरावगीले खोप खरीद अनुमति दिन आवश्यक पर्ने अन्य सहयोग उपलब्ध गराइदिन पनि माग गरेका छन्।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश २ का अध्यक्ष गणेश लाठले विज्ञप्ति प्रकाशित गर्दै निजी क्षेत्रलाई खोप आयात गर्न स्वीकृति प्रदान गर्न माग गरेका छन्। उनले  कोरोनाविरुद्धको खोप सहज उपलब्ध गराउने व्यवस्था मिलाउन निजी क्षेत्रलाई खोपको आपूर्तिमा सहभागिता गराउन सकेको खण्डमा सबै नेपालीले सहजरूपमा खोप पाउन सक्ने बताए। उनले सरकारले यथाशीघ्र विपन्न नागरिकहरूलाई निश्शुल्क खोप उपलब्ध गराउनुपर्ने र अन्यको हकमा सहुलियतमा उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउनुपर्ने माग पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here