प्रस, सप्तरी, १० जेठ/

हत्याको आरोपमा रूपनी गाउँपालिका–१ रायपुरका चारजना पक्राउ परेका छन्।

स्थानीय रामदल यादवको हत्या आरोपमा प्रहरीले मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा सोमवार मृत्यु भएको अस्पतालले जनाएको छ।  बुधवार राति मादक पदार्थ सेवन गरी चारजनाले रामदललाई धारिलो हतियारले निर्घात कुटपिट गरेको मृतकका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका थिए। पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here