प्रस, वीरगंज, ९ जेठ/

कोभिड एक्सन टीम (क्याट)ले हिमाल अक्सिजन उद्योगको अनुगमन गरेको छ। वीरगंज महानगरमा रहेका अस्पतालहरूमा सङ्क्रमितहरूलाई अक्सिजन अभाव भएको समाचार प्रकाशमा आएपछि क्याटले उद्योगहरूको स्थलगत अनुगमन शुरू गरेको हो।

क्याटका सदस्य तबरेज अहमदले वीरगंज महानगर–२१ स्थित हिमाल अक्सिजन प्लान्टको अनुगमन गरेको बताए। क्याटका संयोजक एवं जिल्ला विकास समिति, पर्साका सभापति नेकमहम्मद अन्सारीको नेतृत्वमा गरिएको अनुगमनमा वैशाख ४ गतेदेखि उद्योगले वीरगंज केन्द्रित अक्सिजन सप्लाई गरिरहेको पाइएको बताइएको छ। उद्योगमा दैनिक ठूलो अक्सिजन ५ सय सिलिन्डर र सानो अक्सिजन १५० सिलिन्डर उत्पादन क्षमता रहेको प्रबन्धक विजेन्द्र यादवले जानकारी गराए।

अनुगमनमा क्याटका सदस्य श्याम पटेल, सञ्जीव मिश्र, जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत अर्जुन पौडेल, नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य अमित अग्रवाललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here