प्रस, वीरगंज, ९ जेठ/

बारा, कलैया उपमहानगरपालिका–७ रङ्गपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अन्सारीको परिवारलाई राहत सामग्री सहयोग गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको हो।

जेठ ४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा दुईजना बालकको स्थानीय निर्माणाधीन मदर्सामा शव भेटिएको थियो।

मृतकका पिता वैदेशिक रोजगारमा रहेको र घरमा आमा, १२ र ५ वर्षीया दुईजना छोरी र हजुरआमा छन्। उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेको कारण राहत सहयोग गरिएको हो।

अन्सारी परिवारलाई चामल २ बोरा, आलु ५ किलो, प्याज ५ किलो, दाल ३ किलो, सोयाबिन १ किलो, नून ५ प्याकेट, तेल, मसलालगायतका सामग्री हस्तान्तरण गरिएको संरक्षण नेपाल, बाराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here