प्रस, वीरगंज, ९ जेठ/
मधेसी एशोसिएशन इन अमेरिका, क्यालिफोर्नियामा अध्ययनरत विद्यार्थीहरूले नारायणी अस्पताल वीरगंजलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
रेलवे कटेज वीरगंजको समन्वयमा उनीहरूले स्वास्थ्य सामग्री सहयोग गरेको कटेजका सञ्चालक ओमप्रकाश सर्राफले बताए। एक थान भेन्टिलेटर, डिजिटल टे«सर मेशिन २० थान, अक्सिमिटर २० थान, इन्फ्रारेड थर्मामिटर २० थान नारायणी अस्पतालका मेसु डा वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको सर्राफले जानकारी गराए। सो अवसरमा डा रोशन अली, डा सरोजरोशन दास, नर्स कोअर्डिनेटर हेमा थापालगायतको सहभागिता थियो।