प्रस, वीरगंज, ८ जेठ/
वीरगंजमा रगत अभाव भएपछि साहिब दरबार सेवा संस्थान वीरगंजले आकस्मिक रक्तदान गरेको छ ।
रक्तसञ्चार केन्द्र वीरगंजमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा दुईजना महिलासहित १०१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए ।

रक्तदान कार्यक्रममा शर्मिला मण्डल, सङ्गीता दास, सुमित चौरसिया, राजु कलवार, अजय सोनार, उमेश गुप्ता, फिरोज देवान, अफरोज अन्सारी, सन्दीप कुमारलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

रक्तदान कार्यक्रममा साहिब दरबार सेवा संस्थान पर्साका अध्यक्ष राजेशमान सिंहलाई नेपाल रेडक्रस सोसाइटी पर्साकी उपाध्यक्ष मधु राणाले प्रमाणपत्र दिंदै रगत अभावको बेला रक्तदान कार्यक्रम आयोजना गरी सेवाको काम गरेको भनेर प्रशंसा गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here