प्रस, वीरगंज, ८ जेठ/
नारायणी अस्पताल वीरगंजले शुक्रवार राति सयजना सङ्क्रमित पुष्टि गरेको छ भने शनिवार साँझसम्म वीरगंजका अस्पतालमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले २८८ जनाको स्वाब परीक्षण गर्दा सयजना सङ्क्रमित पुष्टि भएको बताए । सङ्क्रमित पुष्टि हुनेमा पर्साका ७५ जना, बाराका १६ जना, रौतहटका पाँचजना, सर्लाहीका तीनजना र धनगढीका एकजना छन् । उनीहरूको उमेर ६ देखि ७८ वर्षसम्म रहेको र उनीहरूमा १४.५ देखि ३५.८ सम्म सिटी भ्यालू रहेको बताए ।
यसैबीच, शनिवार साँझ ६ बजेसम्म वीरगंजका अस्पतालमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल, वयोधा र स्पर्श स्पेशलियाटी अस्पताल गरी तीन स्थानमा तीनजना सङ्क्रमितको मृत्यु भएको हो ।
नारायणी अस्पताल वीरगंजमा बारा जिल्ला महागढीमाई नगरपालिका-२ निवासी ५० वर्षीया महिलाको दिउँसो साढे दुई बजे मृत्यु भएको थियो । यसैगरी, नारायणी वयोधा अस्पतालमा वीरगंज-९ निवासी ६५ वर्षीय पुरुषको बिहान साढे ६ बजे र स्पर्श अस्पतालमा पर्सा जिल्ला पकाहामैनपुर गापा-४ निवासी ५३ वर्षीय पुरुषको बिहान दुई बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए ।