प्रस, वीरगंज, ७ जेठ/
वीरगंजका सामाजिक कार्यकर्ता प्रकाश थारूले राधा पौडेल फाउन्डेशनबाट प्रँप्त स्वास्थ्य सामग्रीहरू शुक्रवार नारायणी अस्पताललाई हस्तान्तरण गरेका छन् ।
राधा पौडेल फाउन्डेशन, काठमाडौंले अक्सिजन कन्सेन्टे्रटर २ थान, अक्सिमिटर १० थान, पिपिई सेट १० थान, स्यानेटरी प्याड २५ प्याकेट र फेसशिल्ड ५० थान प्राप्त भएको र सो स्वास्थ्य सामग्री नारायणी अस्पतालका मेसु डा वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको बताए ।