प्रस, वीरगंज, ६ जेठ/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले नारायणी अस्पतालमा जडान गर्ने अक्सिजन प्लान्टको योजना स्थगित गरेका छन् ।

पर्सा क्षेत्र नं २ का सांसद विमलप्रसाद श्रीवास्तवले यसअघि नै अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पताललाई संसदीय विकास कोषबाट दुई करोड रुपैयाँ दिइसकेका छन् र अस्पतालले प्लान्ट स्थापनाका लागि रु १ करोड ४८ लाखमा ठेक्कासमेत दिइसकेको छ ।

ठेक्का दिएको तर काम शुरू नभएको अवस्थामा अहिले सरकारले समेत अक्सिजन प्लान्ट निर्माणको लागि नारायणी अस्पताललाई रकम निकासा गरिसकेको कारण महानगरपालिकाले ठेक्का दिएको सो कार्य स्थगित गरेको नगरप्रमुख सरावगीले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

नगरप्रमुख सरावगीले अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गरेका दाताहरूको सहमतिमा नारायणी अस्पतालमा कोभिड नियन्त्रणका अन्य कार्यमा खर्च गर्ने बताएका छन् । उनले अस्पतालमा ३ सय केभिएको ट्रान्सफर्मर र २० केभिएको युपिएसको आवश्यकता रहेकोले महानगरपालिकाले सो जडान गर्न पहल गर्ने जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here