प्रस, वीरगंज, ६ जेठ/
नारायणी अस्पताल वीरगंजको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा वीरेन्द्र प्रधानले सम्हालेका छन् । नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरको सरुवा वीर अस्पताल काठमाडौंमा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेसुको जिम्मेवारी डा प्रधानलाई दिएसँगै बिहीवार उनले कार्यभार सम्भालेका हुन् ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभसमेत अस्पतालका चिकित्सक, कर्मचारीहरूले नयाँ मेसु डा प्रधानलाई उनको कार्यालयमा स्वागत गरेका थिए ।
मेसुको कार्यभार सम्हालेका डा प्रधानले नारायणी अस्पतालमा लामो समयदेखि सेवा दिंदै आएका छन् ।