नितेश कणर्, वीरगंज, ५ जेठ/
वीरगंज बजारमा निषेधाज्ञा अवधिमा केही दिनदेखि भीड बढ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दै आएको र यो अवधिमा बिहान ८ बजेसम्म खाद्यान्नका लागि समय निर्धारण गरेको छ भने तरकारी तथा फलफूल ठेलागाडामा राखेर टोलटोलमा बिक्रीको इजाजत दिएको छ । तोकिएको समयपछि पनि वीरगंजमा केही दिनदेखि भीड बढेको हो ।

खासगरी बैंकिङ सेवा सञ्चालन भएपछि महानगरमा भीड शुरू भएको हो । बैंकिङ सेवा लिन मानिसहरू सवारी साधन प्रयोग गर्न थालेका छन् । लामो अवधिसम्म निषेधाज्ञा जारी भएकोले अहिले केही स्थानमा रिक्सा, अटो, इरिक्सा पनि प्रयोग भइरहेको छ ।

दैनिक मजदूरी गरेर जीवनयापन गर्नुपरेकोले कोरोनाभन्दा भोकले प्राण जाला भनेर रोजगार शुरू गरेको उनीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here