प्रस, वीरगंज, ३ जेठ/
दोस्रो चरणको कोभिड सङ्क्रमण बढेसँगै ग्रीनसिटीले आफ्नो सामाजिक उत्तरदायित्व बढाएको छ ।

विभिन्न सङ्घ संस्था र नागरिकलाई आफ्नो किसिमले सेवा प्रदान गरिरहेको क्रममा सङ्क्रमणको बेला निश्शुल्क अक्सिजन सेवा, एम्बुलेन्स सेवा, सुरक्षाकर्मीहरूलाई खाजापानीको व्यवस्था अनि बिरामीका लागि रक्सौलबाट औषधी ल्याइदिने सेवा गर्दै आएको ग्रीनसिटीले हिजो ८० वटा अक्सिमिटर वितरण गरेको छ ।

अहिले सङ्क्रमितहरूको अक्सिजन मात्र चेकजाँच गर्नका लागि अक्सिमिटरको माग बढेसँगै सेवा भावनाले विभिन्न सङ्घसंस्था, व्यक्तिलाई अक्सिमिटर प्रदान गरिएको ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले बताए ।
पवन रूङ्गटाको सहयोगमा सो अक्सिमिटर वितरण गरिएको उनले बताए ।

कार्यक्रममा पत्रकार कन्हैया केशरी, राम सर्राफ, बिर्ता प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेशराज पुरी, एसटिएफका गोकुल बस्याँल, वीरगंज महानगरका सरफुद्दीन मियाँ, मुन्ना सर्राफ, ग्रीन सिटीका ज्योति रूङ्गटा, सुशील कादमिया, त्रिलोक दारूका, राकेश अग्रवाल, चन्दन अग्रवाल, कैलाश बजाजलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here