प्रस, वीरगंज, ३ जेठ/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले आइतवार राति थप १२४ जना सङ्क्रमित पुष्टि गरेको छ ।
२८८ जनाको स्वाब नमूना परीक्षण गर्दा १२४ जना सङ्क्रमित पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए ।
थप सङ्क्रमितमा पर्साका ८८ जना, बाराका २० जना, रौतहतका १३ जना, सर्लाहीका दुईजना र धनुषाका एकजना गरी कुल १२४ जना सङ्क्रमित पुष्टि भएको संयोजक डा दासले बताए ।
सङ्क्रमित ९ देखि ७७ वर्ष उमेर समूहका ९१ जना पुरुष र ३३ जना महिला रहेको र उनीहरूको सिटी भ्यालू १६ देखि ३५ सम्म रहेको उनले जानकारी गराए ।
यसैबीच, पर्सा जिल्लाका १८ वटा अस्पतालका ५९७ वटा शøयामा अहिलेसम्म ३६३ जना सङ्क्रमित रहेको र २३४ वटा शøया खाली रहेको बताइएको छ । सङ्क्रमितमध्ये ११० जना महिला र २५० जना पुरुष छन् ।
यसैगरी, उनीहरूमध्ये पर्सा जिल्लाका १५७ जना रहेको र बाँकी ९४ जना अन्य जिल्लाका छन् । १८ वटा अस्पतालमा आइसियू १४५ शøया भने भरिभराउ छन् ।
त्यसैगरी, ४४ वटा भेन्टिलेटरमध्ये ३५ वटामा सङ्क्रमित छन् भने ११ वटा अहिले पनि खाली छ । यसैगरी, ११८९ वटा अक्सिजन सिलिन्डर रहेकामा अहिले ६०५ वटा मात्र प्रयोगमा रहेको र ५८४ वटा सिलिन्डर प्रयोगमा आउन सकेको छैन ।