प्रस, वीरगंज, २ जेठ/
कोभिड एक्सन टिमले आइतवार जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बसी विभिन्न निणर्य गरेको छ ।

कोभिड एक्सन टिमका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति नेकमहम्मद अन्सारीको अध्यक्षतामा बसेको बैठकले स्थानीयको सहयोगका लागि अझ बढी सक्रियताका साथ लाग्ने निणर्य गरेको सदस्य तबरेज अहमदले बताए ।

टिमले कोभिडको नयाँ भेरिएन्ट फैलिएको बेला सहयोगदेखि उपचारमा खटेका स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलगायतलाई धन्यवाद दिंदै कोरोना भाइरस वा सामान्य रोगका बिरामीलाई समेत कतिपय अस्पतालहरूले भर्ना नलिरहेको भनेर आइरहेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । टिमले अस्पतालका सेवा सुविधा नागरिक मैत्री बनाई सुरक्षित साथ सहज ढङ्गले सेवा प्रवाह गर्न आग्रह गरेको सदस्य अहमदले बताए ।

त्यस्तै बैठकले संयोजक अन्सारीको नेतृत्वमा पर्साका अस्पतालहरूको सेवा सुविधाको प्रभावकारिता र भौतिक संरचनाको अवस्थाबारे अनुगमन गरिने निणर्य गरेको छ । बैठकले कोरोना सङ्क्रमण समुदायमा फैलिएको बेला सर्वसधारणलाई संयमता अपनाई सुरक्षित बस्नसमेत अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here