प्रस, वीरगंज,२ जेठ/
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले नारायणी अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड उपचार र अन्य बिरामी उपचारमा जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूलाई सहयोग होस् भन्ने उद्देश्यले रोटरी क्लबले सर्जिकल मास्क-५ सय पिस, सेनिटाइजर १५ लिटर, फेसशिल्ड ३ सय पिस र सर्जिकल ग्ल्ब्स-३ सय पिस अस्पताल प्रशासनलाई बुझाएको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर अनिल जयसवालले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा अस्पतालका डा. नीरजकुमार सिंह, रोटरीका अध्यक्ष विनित लोहिया, सचिव चन्दन सिंहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here