प्रस, कलैया, १ जेठ/
महागढीमाई नगरपालिकाले स्वास्थ्य चौकी बरियापुरमा प्रयोगशाला सञ्चालन गरेको छ ।
कोरोना माहामारीमा नगरवासीलाई विभिन्न रोगको परीक्षणका लागि सदरमुकाम कलैया र वीरगंज धाउन नपरोस् भनेर प्रयोगशाला सञ्चालन गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए ।
उनले चार लाख लागतमा प्रयोगशालाका उपकरणहरू खरीद गरेर जडान गरिएको र तत्काल सबै खाले परीक्षण निश्शुल्क गरिने बताए । उनले सञ्चालनमा आएको प्रयोगशालामा टाइफाइड, क्षयरोग, मधुमेहलगायतको परीक्षण गरिने बताए ।
शनिवार प्रयोगशालाको नगरप्रमुख यादवले उद्घाटन गरेका थिए । आजदेखि सञ्चालनमा आएको ल्याब दैनिक बिहान ८ बजेदेखि बेलुकी १२ बजेसम्म सञ्चालन गरी सेवा प्रदान गरिने नगरप्रमुख यादवले बताए ।