प्रस, वीरगंज, ३० वैशाख/
प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख नगद र दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।
नारायणी अस्पताल परिसरमा एक कार्यक्रमबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबूराउत गद्दीले चेक र भेन्टिलेटर सेट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार अग्रसर रहेको दाबी गरे । उनले यो महामारीमा आफू पनि जनताको सेवामा फिल्डमा खट्दै आएको बताए । उनले प्रदेश २ सरकारले ५० हजार भिटिएम र एन्टिजेन खरीद गर्ने निर्णय गरेको र अविलम्ब खरीद प्रक्रिया अगाडि बढ्ने आश्वासन दिए ।

प्रदेश सरकारले हटस्पट बनेको वीरगंजमा अक्सिजनलगायत अति आवश्यक औषधी व्यवस्थापन गर्नको लागि रु २० लाख नगद उपलब्ध गराएको उनले बताए । कार्यक्रममा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here