प्रस, लहान, २८ वैशाख/
सिरहाको लहानबाट प्रहरीले दुर्ईजनालाई गाई काटेको आरोपमा पक्राउ गरेको छ।
लहान नगरपालिका–२ स्थित मिलनचोकमा गाई काटेको उजूरीका आधारमा स्थानीय दुर्ईजनालाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न एकजना फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन।
मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भएको र उनको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले बताए। पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए।