रक्सौल–वीरगंज प्रवेशद्वारबाट अहिले मानिसहरूको आवतजावत पातलिएको छ। कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले मुख्य प्रवेशद्वारबाट आवतजावत गर्न पाउने र यसरी भारतबाट नेपाल प्रवेश गर्नेहरूले ठाकुर राम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा १० दिन बस्नुपर्ने नियम बनाएपछि अहिले रक्सौलबाट वीरगंज मुख्य प्रवेशद्वारबाट मानिसहरूको आवागमन एकदमै घटेको छ। योसँगै युनिसेफले महानगरसँगको सहकार्यमा सीमा आवतजावत गर्नेहरूको लागि हात धुने व्यवस्था गरेको र साबुन–पानीको प्रयोग पनि हुन छाडेको छ। शङ्कराचार्यद्वारमा जडान गरिएको हातधुने ठाउँ प्रयोगविहीन अवस्थामा। तस्वीरः नितेश कर्ण