प्रस, वीरगंज, २४ वैशाख/

                नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले १३८ जना सङ्क्रमित पुष्टि गरेको छ।

                बिहीवार सङ्कलित स्वाबको शुक्रवार बिहान परीक्ष्Fण रिपोर्ट जारी गर्दा १३८ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए।

                १९२ जनाको स्वाब परीक्षण गर्दा ११९ जना र एन्टिजेनबाट १९ जना गरी १३८ जना सङ्क्रमित पुष्टि भएका हुन्। उनीहरूको उमेर ९ देखि ८२ वर्षसम्म छ र सिटी भ्यालू १४.१ देखि ३५ सम्म रहेको प्रवक्ता डा दासले बताए। सङ्क्रमित पुष्टि हुनेमा पर्साका १०८, बाराका २१, सर्लाहीका ५ र महोत्तरीका ४ जना छन्।

                यसैबीच, बिहीवार साँझ र शुक्रवार बिहान गरी ६ जनाको मृत्यु भएको छ। हिजो साँझ २ जनाको र आज बिहान ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

                वीरगंज हेल्थकेयरमा २ जना, नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा ३ जना र नारायणी वयोधा अस्पतालमा १ जना गरी ६ जनाको मृत्यु भएको हो।

                यसअघि हिजै दिउँसोसम्म ६ जनाको मृत्यु भएको थियो। हिजो एक दिन मात्र ८ जनाको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here