प्रस, बिरुवागुठी २४ बैशाख/

                पर्सागढी नगरपालिकाले कोभिड–१९ को दोस्रो भेरियन्ट न्यूनीकरणका लागि बैठक सम्पन्न गरेको छ।

                नगरप्रमुख लोकनारायण यादवको अध्यक्षतामा बसेको बैठकबाट वडा नं ५ स्थित पचरूखी स्वास्थ्य चौकीलाई १५ शय्याको अस्थायी कोभिड अस्पताल बनाउने र होम आइसोलेशनमा बस्ने सङ्क्रमितलाई परामर्श अनुसार निश्शुल्क औषधि र निश्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख यादवले बताए।

                बैठकमा उपप्रमुख अर्चना चौधरी, प्रमुख प्रशासकीय अधिकृत सालिकराम ढकाललगायत कार्यपालिका सदस्यहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here