८६ जना सङ्क्रमित थपिए

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ५ भदौ/
पर्सा, बारा र रौतहटमा २६ महिलासहित ८६ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पताल पिसिआर प्रयोगशालाले बिहीवार अबेर राति सार्वजनिक गरेको नतीजा अनुसार ४५० जनाको नमूना परीक्षणमा पर्साका ८०, बाराका ५ र रौतहटका १ जना गरी ८६ जना सङ्क्रमित थपिएका छन्। सङ्क्रमितहरू ७ देखि ७० वर्ष उमेर समूहका छन्।
सङ्क्रमितहरूमध्ये नेशनल मेडिकल कलेजका चिकित्सक, स्वास्थ्यकर्मी, वीरगंज भन्सारका कर्मचारी र सर्वसाधारण छन्। यसअघि, सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगंज महानगर, पोखरिया तथा बहुदरमाई नगरपालिकाका सङ्क्रमितहरू अधिकांश मात्रामा रहेको नारायणी अस्पताल पिसिआर प्रयोगशालाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।