प्रस, जनकपुर, २१ वैशाख/

                नेकपा माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका नगरप्रमुख बेचन दाससहित तीनजना उपप्रमुखसँग स्पष्टीकरण सोधेको छ।

                शहीदनगर नगरपालिकाका नगर उपप्रमुख शीलादेवी कापर, सबैला नगरपालिकाका नगर उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाका नगर उपप्रमुख नीलमदेवी मण्डललाई पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।

                माओवादी केन्द्र धनुषाका इन्चार्ज योगकुमार बरबरिया यादव र जिल्ला सचिव दीपक यादवको संयुक्त हस्ताक्षर रहेको स्पष्टीकरणमा सर्वाेच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्के तापनि पार्टीको कार्यक्रमहरूमा तपाईंको सहभागिता केकति कारणले भइरहेको छैन, तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन र तपाईंले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्न तेस्र्याउँदै स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here